नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ साल चैत्र ११ गते को निर्णयअनुसार देशभरका सिँचाइ तथा जलस्रोत व्यवस्थापनलाई थप प्रभावकारी, एकीकृत र जनमुखी बनाउन पुराना जनताका तटबन्ध कार्यालयहरू, विभिन्न नदी नियन्त्रण आयोजना तथा सिँचाइ आयोजनाहरूलाई पुनर्संरचना गरी २० वटा आधुनिक सिँचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना स्थापना गरिएका छन्। यसै क्रममा जनताको तटबन्ध कार्यक्रम महोत्तरीलाई रुपान्तरण गरि सिँचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना, हर्कपुर, ओखलढुङ्गा मिति २०८२ मा स्थापना भइ पूर्वी नेपालको पहाडि क्षेत्रको जलस्रोत विकास, सिँचाइ र विपद् व्यवस्थापनको कार्यमा क्रियाशिल रहेको छ ।

कार्यक्षेत्र: यो आयोजनाको कार्यक्षेत्रमा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु गरी तीन जिल्लाहरू समेटिएका छन् । यी जिल्लाहरूको भौगोलिक विविधता, हिमाली नदीहरूको बहाव र कृषियोग्य भूमिको संरक्षण गर्दै हामीले जलस्रोतको दिगो उपयोग सुनिश्चित लक्ष्य लिएको छ ।

हाम्रा मुख्य कार्यहरू

  • सिँचाइ आयोजनाहरूको सञ्चालन तथा व्यवस्थापन - खेतीयोग्य जमिनमा वर्षभरि पानी पुर्याएर कृषि उत्पादन वृद्धि गर्न।
  • नदी नियन्त्रण तथा तटबन्ध निर्माण - दुधकोशी, लिखु र हुङ्गु खोलाको कटान रोक्ने र बस्तीहरूलाई सुरक्षित बनाउने।
  • बाढी, पहिरो तथा विपद् प्रभावित क्षेत्रको संरक्षण - बाढी तथा पहिरोबाट पीडित बस्तीहरूलाई दीर्घकालीन सुरक्षाका उपायहरू अपनाउने
  • जलस्रोतको दिगो व्यवस्थापन - पानीको स्रोत संरक्षण, माटोको क्षयीकरण रोक्ने र पर्यावरणीय सन्तुलन कायम राख्ने।

हामीले स्थानीय समुदाय, किसानहरू, सरोकारवालाहरूसँग हातेमालो गर्दै पूर्वी नेपालको पहाडि क्षेत्रको जलश्रोतको विकास र सम्बृद्धिमा योगदान पुर्याउने लक्ष लिएका छौ ।